खेलकुद

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज

काठमाडौँ। नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ। खेल ढाकामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ। नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालले यसपछि १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दैछ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलका लागि नेपाली टोली तयार भएको बताउनुभएको छ । प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ।

यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने बताउँदै जितका लागि खेल्ने बताए । उनले यस खेलबाट मलेसियासँगको एसियन कप छनोट खेललाई मद्दत पुग्ने टिप्पणी गर्नुभयो। यसअघि गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । दुई खेल हुने तय भएपनि जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...