राजनीति

जेन–जीका माग पूरा नभइकन निर्वाचन हुँदैनः सुदन गुरुङ

काठमाडौँ। जेनजी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा।लि।ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताउनु भयो । जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताउनुभयो।

जेन–जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिनुभएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘समग्र हामी जेन–जी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ। उहाँहरुलाई नै बोलाउँछौँ। माग पूरा नभइकन कसरी चुनाव हुन्छ। यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ। उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो। राष्ट्रपति कार्यालयमा संविधानविद् भने मलाई चिनाइएको हो। माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’

आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिनुभएको ठहर हुने भन्दै गृहमन्त्रीले जेन–जीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाउनुभएको उहाँको टिप्पणी छ । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...