५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न सम्झौता
काठमाडौँ। ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो । ५० दरको ४२ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति २०८२र०४र०९ बोलपत्र आह्वान गरिएको थियो । उक्त सम्झौताको मूल्य १०,४२२,५३५।२१ अमेरिकी डलर/करिब एक करोड ४२ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते/तदनुसार २५ जुलाई २०२५ राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्युनतम मूल्य प्रश्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको थियो । बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बढ्यो नेप्से
काठमाडौँ। शेयर बजारमा मंगलबार साढे ७ महिनायताकै अधिक कारोबार भएको छ। २१ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको हो।...
झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को...
४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४...




