बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध अन्तर्राष्ट्रिय मानवताविरुद्धको मुद्दा सुनुवाइ
बंगलादेश। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको मानवताविरुद्धको अपराधको मुद्दाको सुनुवाइ ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा भएको छ।
यस मुद्दामा सरकारी वकिलहरूले हसिनाविरुद्ध पाँचवटा गम्भीर आरोप अघि सारेका छन्, जसमा हत्या, अपराध रोक्न असफलता, र मानवताविरुद्धको अपराध मुख्य छन्। सरकारी पक्षले हसिनालाई मृत्युदण्डको माग गरेको छ।
शेख हसिनाको पार्टी, अवामी लिग, ले सुनुवाइको दिन देशभर तालाबन्दीको घोषणा गरेको छ, जसले व्यापक सावधानी अपनाउने अवस्था सिर्जना गरेको छ। यसैक्रममा बंगलादेश सरकारले विमानस्थल, सरकारी भवन र संवेदनशील क्षेत्रहरूमा प्रहरी तथा सैन्य तैनाथी वृद्धि गरेको छ। परिस्थिति अनुसार अदालतले फैसलाको मिति स्थगित गर्ने सम्भावनापनि रहँदैछ।
यी घटनाहरू अगस्ट ५, २०२४ मा सुरु भएका थिए, जब शेख हसिनाको सरकार अपदस्थ गरिएको थियो। त्यसअघि र त्यसपछि देशभरि ठूलो विरोध प्रदर्शन, आगजनी र हिंसा फैलिएको थियो। प्रदर्शनकारी विद्यार्थीहरूलाई पक्राउ, यातना र गोली चलाएको आरोप सरकारमाथि लागेको थियो। हिंसा बढ्दै गएपछि शेख हसिनाले देश छोडेर भारतमा शरण लिन पुग्नु भएको थियो ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनलाई देश फर्कन र मुद्दामा उपस्थित हुन आदेश दिएको भए पनि शेख हसिनाले अस्वीकार गर्नु भएको थियो ।
न्यायाधिकरणका सरकारी वकिल गाजी मुनावर हुसेन तमिमले नोभेम्बर १३ मा फैसलाको मिति मात्र घोषणा गरिने, तर सो दिन सजाय घोषणा हुने नभएको जानकारी दिनुभएको हो । सामान्यतया फैसलाको घोषणा हुन करिब एक हप्तासम्म लाग्ने बताइएको छ।
यो सुनुवाइ बंगलादेशको न्याय प्रणाली र अन्तर्राष्ट्रिय मानवअधिकारको दृष्टिले अत्यन्त संवेदनशील घटना मानिन्छ। यसले विश्व समुदायमा मानवताविरुद्धका अपराधका लागि कानुनी दायित्व र जवाफदेहिता सुनिश्चित गर्ने संकेतको रुपमा महत्व राख्दछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




