काठमाडौं। नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदभार ग्रहण गर्नुभएको छ।
गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभित भएपछि प्रहरी केन्द्रीय कार्यालय नक्साल पुगेर पदभार ग्रहण गर्नुभएको हो।

प्रधान कार्यालयमा महानिरीक्षक कार्कीको स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रमका क्षणहरु तस्बिरमा यसरी कैद गरिएको छ।


