कम्युनिस्ट राजनीतिकाे सिंह एमाले हो : महेश बस्नेत
दाङ । नेकपा (एमाले) का पाेलिटब्यूराे सदस्य महेश बस्नेतले नेपाली कम्युनिस्ट राजनीतिमा एमाले पार्टी नै सिंहकाे रूपमा स्थापित भएको बताएका छन । उनले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै दलले एमालेसंग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरेका हुन ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार तुलसीपुरमा आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै बस्नेतले भने,` एउटै घाटमा स्याल, कुकुर, बिरालाे सबै पानी खान आइरहेका छन भने के बुझ्नुपर्छ भने माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेकाे छ र त्यहाँ कसैले पानी खान हिम्मत गरिरहेकाे छैन । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनकाे सिंह नेकपा एमाले हाे ।´
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति राज्य संयन्त्र प्रयोग गरी गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गरे । उनले भने`यदि एमालेका कुनै नेतामाथि बयानका नाममा दुःख दिने काम भयो भने पाँच हजार, दश हजार होइन, एक लाख युवाले सिंहदरबार घेराउ गर्ने छन् ।´
बस्नेतले एमालेविरुद्ध चलाइएका षड्यन्त्रहरू विफल हुने दाबी गर्दै पार्टी संगठन झनै बलियो बन्दै गएको बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...




