राजनीति

कोरियाका राजदूतलाई नेपालीको अभिभावक बनेर काम गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको अभिभाव बनेर काम गर्न अनुरोध गर्नुभएको छ । दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गर्नुहुँदै मन्त्री खरेलले कोरियामा रहेका नेपालीहरुको हक, अधिकार र समस्याको सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाको सम्बन्ध स्थापित गर्दै नेपालमा धेरैभन्दा धेरै कोरियन लगानी भित्र्याउने वातावरण बनाउन भूमिका खेल्न राजदूतलाई आग्रह गर्नुभयो ।

नेपालका लागि दक्षिण कोरियाका राजदूतले नेपालीको पक्षमा काम गर्न नसकेको, दुई देशबिच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो आइरहेको सन्दर्भमा सञ्चारमन्त्री खरेलले नेपालीमैत्री भएर काम गर्न, दुई देशबिचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गर्नुभएको हो ।

सञ्चारमन्त्री खरेलले नेपाली राजदूतावास नेपालीहरुको अभिभावक बन्नुपर्ने, दूतावासले नेपाल र कोरियाबिचको सम्बन्ध स्थापित गरिनुका साथै नेपालमा कोरियाको धेरैभन्दा धेरै सहयोग सम्बन्ध विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...