नेपाल वायु सेवा निगमको ए–३२० इन्जिन छिटो ल्याएर सञ्चालन गर्न प्रधानमन्त्रीको ताकिता
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकिता गर्नुभएको छ।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर उहाँले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने स्पष्ट पार्नुभयो।
‘उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ। यता भाडा बढेको बढ्यै छ। यस्तो पनि हुन्छ?’ उहाँले भन्नुभयो।
‘सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कुनै प्रक्रियागत बहाना नगरौँ। यो जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिनुहुँदैन।’ उहाँले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन। गलत काम गर्दा मात्र डराउनुहोस्।’ बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेती लगायतको उपस्थिति थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...




