मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गर्योः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाउनुभएको छ ।
शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उहाँले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गर्नुभएको हो । मधेसमा दलहरु फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको मुख्यमन्त्री यादवको भनाई थियो । मुख्यमन्त्री यादवले आफूमाथि समेत सुरक्षा थ्रेट रहेको बताउनुभयो।
सुरक्षाकर्मीहरुले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गर्दै उहाँले आन्दोलनकारीहरुले आफूलाई निशाना बनाएको दाबी समेत गर्नुभयो । उहाँले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न पनि आन्दोलनकारी राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो।
मुख्यमन्त्री यादवले भन्नुभयो,‘मधेस प्रदेशमा पनि वीरगंजमा रहेको काउन्सिलर अफिसको प्रतिनिधिहरु सिधै आएर दलहरुसँग प्रत्यक्ष सम्वादमा रहेर दलहरुलाई थ्रेट गर्ने, दलहरु फोडिदिन्छु भन्ने, दलहरु जुटाइदिन्छु भन्ने, नेताहरुलाई थ्रेट गर्ने प्रकृतिबाट नै यो खालको दिनप्रतिदिन क्षणक्षणमा सहमती हुने र सहमती भंग गर्ने वातारण सृजना भएको जानकारी गराउन चाहन्छु। मलाई नेपाल सरकारको आर्मीको सुरक्षा मलाई छ । सशष्त्र प्रहरीको सुरक्षा मलाई छ। नेपाल प्रहरीको सुरक्षा मलाई छ। तर पनि मलाई सुरक्षा थ्रेट छ भने माननीय सभामुखज्युको सुरक्षामा एउटा टुकडी नै छ प्रहरीको । अन्य मन्त्रीहरुलाई पनि सुरक्षा छ । त्यसो भएको हुनाले हामीसँग पनि सुरक्षा निकायकै रिपोटिङ अनुसार मुख्यमन्त्रीज्यु कार्यक्रम कम गर्नुप¥यो, सिमित कार्यक्रमहरु गर्नुप¥यो। अलिकति सुरक्षा चुनौति छ । अलि संवेदनशील भइदिनुप¥यो भनेर आइसकेपछि यी विषयबस्तुहरु मैले कसलाई भन्ने? सुरक्षा थ्रेट मलाई कोबाट छ? अरु जनताबाट त हुँदैन । त्यो आन्दोलनकारीबाट नै हुन्छ । त्यसकारण म सुरक्षित छैन भने कुनै अन्य व्यक्ति त सुरक्षित हुन सक्दैन । म सुरक्षित छैन भने अन्य दलको माननीयहरु सुरक्षित हुन सक्छन? मलाई आक्रमण गर्दाखेरी मेरो पार्टीका कार्यकर्ता र मेरा समर्थकहरुलाई आक्रमण नगर्ला भन्न सकिन्छ?’
मुख्यमन्त्री यादवले भारतीय पक्षले दबाब दिएको कारण मधेस प्रदेशमा आन्दोलनकारीहरुसँग वार्तामा बस्ने वातावरण समेत बन्न नसकेको पनि उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




