अन्तर्राष्ट्रिय

किभमा रूसी आक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

कीभ शहर सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोले शुक्रवार रूसले किभमा गरेको आक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको बतानुभएको छ । जसमा ३५ जना घाइते भएका छन् । किभका मेयर भिटाली क्लिट्स्कोकाअनुसार रूसले रातारात युक्रेनी राजधानीमा ड्रोन र मिसाइलले आक्रमण गरेको हो । जसले महत्वपूर्ण पूर्वाधार सुविधाहरूलाई क्षति पु¥याएको छ ।

युक्रेनी वायु रक्षा बलले भने कि युक्रेनी वायु रक्षा बलले तीन किन्जल हाइपरसोनिक मिसाइल र एक जिरकोन हाइपरसोनिक क्रूज मिसाइलसहित ४३० ड्रोन र १९ मिसाइलले आक्रमण गरेको थियो । यसको प्रारम्भिक तथ्याङ्कअनुसार ४०५ ड्रोन र १४ मिसाइल खसालिएको थियो ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...