अर्थ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट वृद्धि भएर आएपछि नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो। निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि भएको छ। ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

मूल्य वृद्धिपछि पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५८.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४४.५० रुपैयाँ पुगेको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ निर्धारण भएको छ। तेस्रो वर्गअन्तर्गको काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १६१ र डिजेल तथा मट्टितेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ।

समायोजन गरिएको मूल्य शनिबार मध्यरातिबाट लागि हुने निगमले जनाएको छ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...