आइतवार, मंसिर २१, २०८२
English
Follow us:

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

  • खबर सेवा

  • शनिबार, कार्तिक २९, २०८२

  • 124
    SHARES
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट वृद्धि भएर आएपछि नेपाल आयल निगमले मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो। निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि भएको छ। ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

मूल्य वृद्धिपछि पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५८.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४४.५० रुपैयाँ पुगेको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ निर्धारण भएको छ। तेस्रो वर्गअन्तर्गको काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १६१ र डिजेल तथा मट्टितेलको मूल्य १४७ रुपैयाँ कायम भएको छ।

समायोजन गरिएको मूल्य शनिबार मध्यरातिबाट लागि हुने निगमले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology