कोरियन भाषा परीक्षा भोलिदेखि सुरु, ६७ हजारभन्दा बढीले दिने
काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा भोलिदेखि उत्पादनमूलक क्षेत्रका लागि सुरु हुँदै छ। उत्पादनमूलक श्रेणीतर्फ ६७ हजार २९७ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा माघ २७ गतेसम्म दैनिक रूपमा सञ्चालन हुनेछ। ईपीएस शाखाका अनुसार यो वर्षको भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका थिए। आवेदन साउन २६ देखि ३१ गतेसम्म खुला गरिएको थियो। यो परीक्षाबाट करिब ५ हजार ३ सय जना उत्तीर्ण हुने अनुमान गरिएको छ।
त्यसमध्ये—
– उत्पादनमूलक क्षेत्र : ३,५०० जना
– कृषि तथा पशुपालन क्षेत्र : १,८०० जना
एक दिनमा ५ सिफ्टसम्म परीक्षा सञ्चालन गरिने व्यवस्था मिलाइएको शाखाले जनाएको छ।
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (eps) मार्फत कामदार भर्ना गर्न सन् २००७ मा नेपालसँग एमओयू गरेको थियो। त्यसपछि सन् २००८ देखि कोरियाले नेपालबाट नियमित रूपमा कामदार लैजाने प्रक्रिया सुरु गर्यो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




