नेपाल दृष्टिविहीन महिला टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौँ । नेपाल भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अङ्क बनाएको छ ।
नेपालले यसअभि अस्ट्रेलिया र श्रीलङ्कालाई हराएको थियो । नेपाल दोस्रो खलमा भने भारतसँग पराजित भएको छ । जितका लागि १८ रनको लक्ष्य पछ्याएको नेपालले चार बलमै पूरा गरेको थियो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाउनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ९.४ ओभरमा सबै विकेटको क्षतिमा १७ रन मात्र बनाउन सक्यो । यो दृष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल हो । यसअघि दृष्टिविहीन क्रिकेटमा सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध २१ रन बनाएको थियो ।
अमेरिकाका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी दिलसरा धमलाले तीन तथा सुनिता घिमिरेले एक विकेट लिनुभयो । दिलसरा प्लेयर अफ दि म्याच बन्नुभयो ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




