आइतवार, मंसिर २१, २०८२
English
Follow us:

नेपाल दृष्टिविहीन महिला टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश

नेपाल दृष्टिविहीन महिला टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश

  • खबर सेवा

  • आइतवार, कार्तिक ३०, २०८२

  • 94
    SHARES

काठमाडौँ । नेपाल भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अङ्क बनाएको छ ।

नेपालले यसअभि अस्ट्रेलिया र श्रीलङ्कालाई हराएको थियो । नेपाल दोस्रो खलमा भने भारतसँग पराजित भएको छ । जितका लागि १८ रनको लक्ष्य पछ्याएको नेपालले चार बलमै पूरा गरेको थियो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ९.४ ओभरमा सबै विकेटको क्षतिमा १७ रन मात्र बनाउन सक्यो । यो दृष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल हो । यसअघि दृष्टिविहीन क्रिकेटमा सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध २१ रन बनाएको थियो ।

अमेरिकाका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी  दिलसरा धमलाले तीन तथा सुनिता घिमिरेले एक विकेट लिनुभयो । दिलसरा प्लेयर अफ दि म्याच बन्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology