अध्यक्ष ओलीको आरोप: ‘सरकार बेवारिसे, कसको बनाएर कसले चलिरहेको पनि स्पष्ट छैन’
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले वैधता र पहिचान दुवै गुमाएको आरोप लगाउनुभएको छ। उनले कार्की नेतृत्वको सरकार “बेवारिसे” भएको उल्लेख गर्दै यसको मालिक को हो भन्ने नै स्पष्ट नभएको दाबी गर्नुभयो।
आफ्नै निवास भक्तपुरको गुण्डुमा आइतबार बिहान प्रेस चौतारी नेपालसँगको छलफलमा ओलीले जेनजीले ‘यो मेरो सरकार होइन’, राजनीतिक दलहरूले ‘हाम्रो सरकार होइन’, संसदले ‘म चिन्दिनँ’ र संविधानले ‘यस्तो सरकार बनाउने व्यवस्था नै छैन’ भनी अस्वीकार गरिरहेको भन्दै, “अखिर यो सरकार कसको हो?” भन्ने प्रश्न उठाउनुभयो।
ओलीले भदौ २४ का तोडफोड र आगलागीका घटनामा संलग्न अपराधीलाई सरकारकै कारण पक्राउ नगरिएको, बरु निर्दोष नागरिकलाई लक्षित गरेर गिरफ्तार गरिएको आरोप लगाउनुभयो। उनका अनुसार सरकारले आफैं विभिन्न नामका समूह खडा गरी मागपत्र र ज्ञापनपत्र बुझाउने नाटक गर्दै विपक्षी नेताहरूलाई फसाउन खोजेको छ। उनले २४ गतेका विध्वंसकारीलाई नपक्रनू भन्ने मागपत्रदेखि लिएर ‘केपी ओली र रमेश लेखकलाई पक्राउ गर’ भन्ने सुझावसम्म सरकारकै निर्देशनमा लिखित ड्राफ्ट बनाएर प्रस्तुत गराइएको दाबी गर्नुभयो। यस्ता ड्राफ्ट कसले बनायो भन्ने अभिलेख पनि आफूहरूसँग रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार गृहमन्त्रीले २४ गतेका अपराधीलाई नपक्रन निर्देशन दिएको घटनाले देशमा दण्डहीनता थप बढेको छ। ओलीले मुलुकलाई अहिलेको अनिश्चितता र संविधानविपरीतको अवस्थाबाट बाहिर ल्याउने एक मात्र उपाय संसद पुनःस्थापना भएको बताउनुभयो।
असंवैधानिक र अनधिकृत रूपमा गरिएको संसद विघटनले गलत नजिर बस्ने र देशलाई संविधानिक बाटोमा फर्कन अवरोध पुर्याउने भन्दै यो गल्ती तत्काल सच्याउनुपर्ने उहाँको तर्क थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




