खेलकुद

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १ सय ३१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको हो ।

पावर प्लेको सुरुवाती तीन ओभर राम्रो गरेको जनकपुर बोल्ट्स बीचमा सुस्त बनेको थियो । डिफेन्डिङ च्याम्पियन्सलाई सय रन पुर्‍याउन १७औँ ओभरसम्म खेल्नुपर्‍यो । यद्यपि, मयन यादव र लाहिरु समाराकोनले आएर जनकपुरको स्कोर बढाउन योगदान गरे ।

जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । ४१ बलमा खेलेका उनी एनपीएल सिजन २ मा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । उनलाई १३औँ ओभरको पाँचौँ बलमा काठमाण्डू गोर्खाजका शोहव आलमले आउट गरेका हुन् । यसैगरी जनकपुरका श्रीलंकाली ब्याट्सम्यान लाहिरु मिलान्था १२ बलको सामना गरी ७ रनमा आउट भए । उनलाई काठमाण्डू गोर्खाजका अमेरिकी बलर मिलिन्द कुमारले चौथो ओभरमा आउट गरेका हुन् । मयनले ३४ र लाहिरुले २२ रनमा नटआउट रहे ।

यस्तै जनकपुरका नामिबियन ब्याटर जान लोफ्टी इटन ८ बलमा २ रन मात्र बनाएर आउट भए । उनलाई पनि मिलिन्द कुमारले आउट गरे । २ बलको सामना गरेका कप्तान अनिलकुमार शाह शून्य रनमै आउट भए । उनलाई पनि मिलिन्द कुमारले नै आउट गरे

पाँच विकेट गइसकेपछि आएका मयन यादव र लाहिरु समाराकोनले जनकपुरलाई लयमा फर्काए । यस्तै सञ्जय कृष्णमूर्तिले ६ बलमा २ रन मात्र बनाउन सके । उनलाई आठौँ ओभरमा सन्तोष यादवले आउट

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...