राजनीति

नेकपाको प्रदेश आमसभा तय, कुन दिन कहाँ?

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी १२ मंसिरदेखि सातै प्रदेशमा एकता सन्देश सभा आयोजना गर्ने भएको छ।

सोमबार जारी विज्ञप्ति अनुसार नेकपाले १२ मंसिरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय एकता सन्देश सभा हुनेछ ।

१३ मंसिरमा लुम्बिनी प्रदेशको दाङ देउखुरीमा, १४ मंसिरमा गण्डकी प्रदेशको पोखरामा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।

१७ मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौंमा, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, १९ मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौंमा, २० मंसिरमा मधेश प्रदेशको जनकपुरमा, २१ मंसिरमा प्रवास प्देशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ। २३ मंसिरमा बागमती प्रदेश अन्तर्गत हेटौंडामा, २६ मंसिरमा प्रदेश कार्यालयहरूको निर्णयअनुसार सबै जिल्लाहरूमा एकता सभा आयोजना हुने नेकपाले जनाएको छ ।

एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहका कार्यालयहरूले गर्ने नेकपाले जनाएको छ ।

 

 

 

सम्बन्धित समाचार

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...