सौल। दक्षिण कोरियामा बस्दै आएकी एक नेपाली महिलाको दुःखद निधनप्रति संवेदना व्यक्त गर्दै विभिन्न नेपाली तथा प्रवासी संगठनका प्रतिनिधिहरू आज घटनास्थल पुगेका छन्। मृतक महिला ई -७ भिसामा रहेका श्रीमान् तथा चार महिनाकी छोरीसँग संगै बस्दै आएकी थिइन्।उनीहरु दक्षिण कोरियाको छुन्ग्छंगबोक्दोमा बस्दै आएका थिए।
घटनाबारे विस्तृत तथ्य संकलन तथा परिवारजनलाई थप सहयोग प्रदान गर्ने उद्देश्यले एन आर एन कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङ, आइसीसी महिला उपाध्यक्ष जुनु गुरुङ,आइसीसी सदस्य महेश वजगाई,एमटियु अध्यक्ष उदय बहादुर राई तथा स्थानीय समाजसेवी मुकेश सेन्चुरी उपस्थित भई मृतकका पतिसँग भेटघाट गरेका छन्। टोलीले घटनाको पृष्ठभूमि, परिवारको अवस्था तथा आवश्यक सहयोगबारे प्रत्यक्ष जानकारी लिएको बताइएको छ।
एनआरएन कोरियाले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, मृतकका श्रीमान् तथा परिवारका लागि आवश्यक पर्ने सबै प्रकारका सहयोग तथा समन्वय गर्न संगठन प्रतिबद्ध रहने जनाएको छ। एनआरएन कोरियाका अनुसार घटना सम्बन्धी कानुनी सहजीकरण, प्रक्रियागत समन्वय तथा आवश्यक परे नेपालसम्म शव पठाउने लगायतका प्रक्रियामा समन्वय तथा सहजीकरण गर्ने छ। पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरुको दुर्घटना लगायतका म्र्त्युका घटनाहरु बढिरहेका छन्। नयाँ दैनिकी अनलाइनबाट