अहिलेको सरकार विध्वंसको माध्यमबाट बनेको हो : शंकर पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भएको बताउनुभएको छ ।
मजदुर नेता कमल गौतमको स्मृतिमा सोमबार बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महासचिव पोखरेलले अहिलेको सरकार विध्वंसको माध्यमबाट बनेको बताउनुभयो । ‘राष्ट्रिय विध्वंसलाई अवसर ठान्ने प्रवृत्ति आज सत्तामा छ र उसले आफूलाई पपुलिष्ट बनाउनको लागि श्रमिकहरूको रोजीरोटी खोस्ने काम गरेको छ’, पोखरेलले भन्नुभयो ।
भदौ २३ र २४ को घटना राष्ट्रको लागि अत्यन्त पिडादायी घटना भएको बताउँदै उहाँले कतिपयले यसलाई क्रान्तिको रूपमा परिभाषित गर्ने दुस्साहस गरेका बताउनुभयो । राष्ट्रियतालाई धराशायी बनाउने काम किमार्थ क्रान्ति हुन नसक्ने पोखरेलको धारणा छ ।
नयाँ पुस्तालाई लाञ्छित गरेर जेनजीको नाममा अवसरवादी, अराजकवादी र विदेशीसँग साँठगाँठ गर्नेहरूले भदौ २३ र २४ को घटना गराएका पोखरेलले दाबी गर्नुभयो । जेनजी आन्दोलन हाइज्याक गरेर अहिले तिनै तत्त्वहरूले सत्तामा हालीमुहाली गरिरहेका उहाँको धारणा छ ।
२३ र २४ को घटनाको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको पोखरेलले बताउनुभयो । जसको परिणाम भर्खरै उठ्न लागेको देशको अर्थतन्त्र फेरि पाताल भासिएको उहाँले सुनाउनुभयो ।
जेनजी आन्दोलनको माग सरकार समक्ष आउँदै नआएको उहाँले बताउनुभयो । नेपालको सत्ता राजनीतिमा कुण्ठा भएकाहरूले नवयुवाको भावनामा खेल्ने प्रयत्न गर्दा राष्ट्रले कहालीलाग्दो क्षति बेहोरेको पोखरेलका धारणा छ ।
भदौ २३ र २४ को घटनाले राष्ट्रको अस्मिता, समृद्धि, सामर्थ्य माथि आक्रमण गरेको उहाँले बताउनुभयो । त्यस्तै नेपालको शान्ति सुरक्षाको आधारस्थम्भको रूपमा रहेको नेपाल प्रहरीको देशव्यापी संरचना तहसनहस बनाउने काम सो घटना मार्फत भएको पोखरेलको भनाइ छ । प्रहरीलाई भौतिक रूपमा समाप्त गर्ने तथा नाङ्गै बनाएर लखेटेर अपमानित गर्ने काम गरिएको उहाँले बताउनुभयो ।
बानेश्वरको घटना र अदालतहरूमा आगो लगाउने तथा जेलबाट अपराधी निकाल्ने घटनासँग कतै तालमेल नै नमिल्ने उहाँले बताउनुभयो । त्यसैले भदौ २३ र २४ को घटना सुनियोजित थियो भन्ने कुरा पुष्टि भएको पोखरेलको भनाइ छ । २३ र २४ गतेको घटना नेपाल राष्ट्रलाई कमजोर बनाउने, लोकतन्त्र विरोधी षडयन्त्र हो’, उहाँले भन्नुभयो ।
नेकपा एमाले जति बेला सङ्कट पर्दछ त्यति बेला सशक्त भएर उठ्ने पार्टी भएको बताउँदै उहाँले एमालेले हरेक सङ्कटको सामना गर्ने सामर्थ्य राख्ने दाबी गर्नुभयो । त्यसैले एमाले फेरी जुरुक्क उठ्ने प्रयत्नमा रहेको पोखरेलले बताउनुभयो । सत्यको पक्षमा उभिँदा कहिलेकाहीँ एक्लै परिने भए पनि एमाले त्यसको सामना गर्न तयार हरेको उहाँको भनाइ छ । ‘चुनौतीबाट भाग्ने होइन, सामान गरेर अगाडि बढ्नु पर्दछ, हामी हाम्रा उद्देश्यमा सफल हुने छौँ’, पोखरेलले भन्नुभयो ।
राजनीतिक अस्थिरता अहिलेको मुलुकको प्रमुख चुनौती भएको बताउँदै उहाँले त्यसैको जगमा अस्थिरतावादी शक्तिले खेलिरहेका उहाँले स्पष्ट पार्नुभयो । त्यसलाई चिर्न देशमा राजनीतिक स्थिरता दिनु पर्ने र त्यो काम एमालेबाट मात्रै सम्भव भएको उहाँले बताउनुभयो । अहिले अवस्था अप्ठेरो भए पनि एमाले पिठ्युँ फर्काएर नभाग्ने पोखरेले स्पष्ट पार्नुभयो ।
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




