बढ्यो नेप्से
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ ।
सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो ।
२०७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचक बढेका छन् । बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार ०.०९ प्रतिशत बढे ।
पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुंगल हाइड्रोपावर, झापा इनर्जी र बन्दीपुर केबुलकार छन् । यी सबै कम्पनी हालै सूचीकृत भएका नयाँ हुन् ।
हिमस्टार ऊर्जाको ८.७, मिडसोलु हाइड्रोपावरको ७.०४, नारायणी डेभलपमेन्ट बैंकको ५.५८, माइखोला हाइड्रोपावरको ५.२४ प्रतिशत मूल्य बढ्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै २.७८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, बरुण हाइड्रोपावर, माउन्टेन इनर्जी, सिनर्जी पावर र निफ्रा रहे ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




