मङ्लबार, मंसिर २, २०८२
English
Follow us:

विप्लवको पार्टी निर्वाचन आयोगमा दर्ता, नाम नेकपा माओवादी

विप्लवको पार्टी निर्वाचन आयोगमा दर्ता, नाम नेकपा माओवादी

  • खबर सेवा

  • मङ्लबार, मंसिर २, २०८२

  • 40
    SHARES
विप्लवको पार्टी निर्वाचन आयोगमा दर्ता, नाम नेकपा माओवादी

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। आयोगले आज विप्लवलाई पार्टी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेको हो।

आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने उद्देश्यले विप्लव नेतृत्वको नेकपा (माओवादी) ले पार्टी दर्ता गराएको आयोगले जनाएको छ।

यस पार्टीलाई आयोगले ‘गुलाफको फूल’ चुनाव चिह्न प्रदान गरेको छ। दल दर्ता प्रमाणपत्र प्राप्त गर्न विप्लवसहितका नेताकार्यकर्ता बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology