राजनीति

रास्वपाबाट बाहिरिनेहरूलाई कुनै कटुता छैन : उपसभापति वाग्ले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी छाडेका नेताहरूप्रति कुनै पनि प्रकारको कटुता नराखी उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरिएको बताउनु भएको छ।

मंगलबार नख्खु कारागारमा सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले केही नेता बाहिरिए पनि पार्टीमा प्रवेश गर्न चाहनेहरूको ‘ओइरो’ लागेको दाबी गर्नुभयो । हालै सुमना श्रेष्ठ र सन्तोष परियार जस्ता प्रभावशाली नेताहरूले पार्टी त्यागेको प्रसंगमा बोल्दै उहाले रास्वपाले यसलाई स्वाभाविक प्रक्रियाका रूपमा लिएको बताउनुभयो।

उहाका अनुसार पार्टीले काँटछाँटको रूपमा होइन, एक सुसंस्कृत राजनीतिक संस्कारका रूपमा यसलाई हेरेको हो।
वाग्लेले भन्नुभयो , “जानुभएका एक-दुई जना पात्रहरूको बारेमा हाम्रो पार्टीको स्पष्ट लाइन छ— उहाँहरूले पार्टीमा रहँदा पुर्‍याउनुभएको योगदानका लागि दुई हात जोडेर धन्यवाद। उहाँहरूको आगामी राजनीतिक यात्राको लागि शुभकामना।”
उहाले बाहिरिने क्रमलाई गौण ठहर गर्दै अहिले पार्टीमा प्रवेश गर्न चाहनेहरूको संख्या तीव्र रूपमा बढेको बताउनुभयो । सभापति लामिछानेसँगको भेटमा पनि नयाँ व्यक्ति, समूह र दलहरू पार्टीमा प्रवेश गर्न इच्छुक भएको विषयमा विस्तृत छलफल भएको उहाँले बताउनुभयो ।

“आज धेरै समय पार्टीमा को–को आउन चाहनुभएको छ भन्ने विषयमा छलफल भयो,” वाग्लेले भन्नु भयो , “आउनेहरूको ओइरोको बारेमा बिस्तारै थाहा हुँदै जान्छ।” वाग्लेले रास्वपा हालैको ‘ठूलो आँधीबेहरी’ पछिको अवस्थाबाट थप खारिएर निस्किएको दाबी गर्दै अहिले सापेक्ष रूपमा सबैभन्दा सङ्लो राजनीतिक शक्तिको रूपमा स्थापित भएको दाबी गर्नुभयो ।

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...