बजेट अभावले रोकियो मगर सामुदायिक घरबास कार्यक्रम
दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित मगर सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आउन सकेको छैन।
भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा २०७६ सालदेखि निर्माण सुरु भएको होमस्टे बजेट अभावले अधुरै छ। होमस्टेका अध्यक्ष रिनादेवी थापाले पर्यटकलाई लक्षित गरेर पालिकाको सहयोगमा होमस्टे निर्माण सुरु गरे पनि बजेट अभावका कारण पाँच वर्षदेखि निर्माण अधुरै रहेको जानकारी दिनुभयो।
“त्यतिबेला नगरपालिकाले सात लाख बजेट उपलब्ध गराएपछि हामीले २० जना क्षमताका छवटा घर निर्माण सुरु गरेका थियौँ,” अध्यक्ष थापाले भन्नुभयो, “निर्माण सुरु गरेको केही समयपछि कोरोना महामारीले काम हुन सकेन, त्यसपछि थप पालिकाबाट रु तीन लाख ९६ हजार बजेट आए पनि निर्माण पूरा हुन सकेन।”
पछिल्लो समय पालिकाबाट सहयोग नहुँदा होमस्टे निर्माणले पूर्णता पाउन नसकेको उहाँले बताउनुभयो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमै होमस्टे निर्माण हुने भएकाले निकुञ्ज घुम्न आउने पर्यटकहरु मगर होमस्टेमा पनि आउने अपेक्षा थियो। स्थानीय अन्जु थापाले भन्नुभयो, “हामेस्टे सञ्चालनमा आए हाम्रो रीतिरिवाज र खानपान प्रवर्द्धन हुन्थ्यो र आम्दानी पनि हुन्थ्यो, साथै मगर संस्कृति पनि पुस्तान्तरणमा सहयोग पुग्थ्यो।”
भीमदत्त नगरपालिका–१३ का वडाअध्यक्ष रामबहादुर बोहराले चालु आर्थिक वर्षमा होमस्टे निर्माणको कामलाई पूर्णता दिने बताउनुभयो। “पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गर्ने हाम्रो योजना हो तर बजेट नहुँदा समस्या भयो। होमस्टे सञ्चालनमा ल्याउन थोरै काम बाँकी छ, यसै वर्ष सञ्चालनमा ल्याउने गरी काम गर्छौं।”
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




