राजनीति

महाधिवेशनबारे गगन : यसपटक हामी न झुक्छौं, न झुकिन्छौं

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अडान राख्दै आएको बताउनुभयो ।

मंगलबार दिउँसो उहाले सामाजिक सञ्जालमार्फत भिडियो मार्फत स्पष्ट संदेश दिँदै यसपटक कसैसँग नझुक्ने पनि बताउनुभयो ।
‘अहिले भित्र बहस भइरहेको कुरा अधिवेशन चुनाव अगाडि कि पछाडी भन्ने होइन, पार्टी रूपान्तरण गर्ने कि नगर्ने भन्ने कुरा हो,’ थापाले भन्नुभयो , ‘गलत निर्णय हुन दिँदैनौं, यसपटक हामी न झुक्छौं, न झुकिन्छौं।´

उहाँले चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्ने बहसभन्दा पनि पार्टी रूपान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा अहिले बहस भइरहेको बताउनुभयो । उहाको अनुसार काँग्रेस भित्रको बहस अहिले अधिवेसनको मितिलाई लिएर मात्र नभएर पार्टी सुधारको दिशाबारे स्पस्ट रहन तथा सुधारिएको पार्टी संरचना निर्माण गर्नको लागि पनि रहेको बताउनुभयो।

असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक सुरू भए पनि अहिलेसम्म निष्कर्षमा पुगिएको छैन। अब मंसिर ४ गते फेरि बैठक बस्नेछ।

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...