विराटनगरले पोखरालाई दियो एनपीएल इतिहासकै सर्वाधिक ठूलो लक्ष्य
काठमाडौं। लोकेश बम र मार्टिन गप्टिलको उत्कृष्ट प्रदर्शनप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको योगफल तयार पारेको थियो ।
यो एनपीएलको इतिहासकै सर्वाधिक रनको योगफल हो । विराटनगरका लागि लोकेशले ४८ बलमा ७ छक्का र १ चौकासहित सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी गप्टिलले ३५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ६१, शुवम रन्जानेले ३८, बसिर अहमदले २३, नरायाण जोशीले अविजित ११ र जर्ज मुन्सेले १० रन बनाए ।
दोस्रो विकेटका लागि लोकेश र गप्टिलबीच १ सय ३२ रनको साझेदारी भएको थियो । यो साझेदारीलाई सागर ढकालले तोडेका थिए ।
पोखराका लागि म्याट टेलरले दुई तथा आकश चन्द, सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान एक विकेट लिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




