देशको राष्ट्रिय राजनीति विषम परिस्थितिमा छः सचिव विश्वकर्मा
काठमाडौँ। नेकपा एमाले सचिव छविलाल विश्वकर्माले देशको राष्ट्रिय राजनीतिक विषम परिस्थितिमा रहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अहिले देशको परिस्थिति सामान्य नरहेको भन्दै असामान्य परिस्थितिका बीचमा पनि एमाले जनताको अधिकार सुरक्षाका लागि सडकमा लडिरहेको बताउनुभयो। नेपाली जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको र ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षार्थ खटिरहेको बताउनु भयो। अहिले संविधानलाई मूर्छित बनाइउको बताउँदै व्यवस्थाका विरुद्धमा अनेकौँ ढंगले चिथोर्ने गतिविधि भइरहेको बताउनु भय । एमाले संसद विघटनविरुद्ध अदालतमा जाने पनि बताउनुभयो।
उहाँले भन्नुभयो, ‘देशको राष्ट्रिय राजनीति, अहिलेको यो विषम परिस्थिति छ। अहिलेको परिस्थिति सामान्य छैन। यो असामान्य परिस्थितिकाबीचमा नेपाली जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको धेरै ठूलो त्याग र बलिदानबाट प्राप्त यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अहिले यो संविधानलाई मूर्छित पारिएको छ। व्यवस्थाका विरुद्धमा अनेकौँ ढंगले चिथोर्ने गतिविधि भएका छन्। यस्तो परिस्थितिमा नेकपा एमाले अध्यक्ष कमरेडको नेतृत्वमा देशभरमा एउटै बुझाइका साथ नेकपा एमाले सडकमा उभिएको छ । असंवैधानिक रुपमा विघटित भएको संसदका सदस्यहरु कानूनी प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगिसक्नुभएको छ।’
सचिव विश्वकर्माले एमालेले चलायमान नभएको नेपाली समाज, राजनीतिमा नेकपा एमालेले आम जनताकाबीचमा आफ्ना धारणा अघि सारेर जनतालाई सूसुचित गरेको बताउनुभयो। एकतावद्ध भएर संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षामा लागेको बताउनुभयो। –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




