एमसीसीले नेपाललाई ७ अर्ब अनुदान थप्यो
काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि एमसीसी कम्प्याक्टमा अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप गर्ने भएको छ । यससँगै परियोजनाअन्तर्गत उपलब्ध कुल सहायता ७४ करोड ७० लाख अमेरिकी डलर (लगभग १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ।
सम्झौताअनुसार अमेरिकाबाट कुल ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर निवेश हुनेछ । एमसीसीले उपलब्ध गराएको यो अतिरिक्त सहयोगले नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार परियोजनाहरूलाई पूर्णता दिन महत्वपूर्ण टेवा पु¥याउने बताइएको छ । यसले ऊर्जा ग्रिडको सुदृढीकरण, उत्पादन–प्रसारण–व्यापार श्रृंखलामा विश्वसनीयता बढाउने र क्षेत्रीय ऊर्जा व्यापारलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
अनुदानले नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जा कनेक्टिभिटीमा थप मजबुत बनाउने, बजार पहुँच सुधार गर्ने र ऊर्जा पूर्वाधार निर्माणमा अमेरिकी उत्कृष्टता तथा प्रविधिको उपयोग बढाउने उल्लेख गरिएको छ । यससँगै अमेरिकी कम्पनी तथा प्रविधि प्रदायकका लागि नेपाली ऊर्जा बजारमा प्रवेशको अवसरसमेत विस्तार हुने बताइएको छ ।
अमेरिकी दुतावासले यो सहायता नेपाल–अमेरिका सम्बन्धको दीर्घकालीन साझेदारी र पारस्परिक समृद्धिको साझा प्रतिबद्धताको प्रतीकका रुपमा अथ्र्याएको छ । एमसीसी कम्प्याक्ट ऋणरहित, अनुदानमा आधारित उच्च प्रभावयुक्त पूर्वाधार निर्माणमा केन्द्रित कार्यक्रम भएकाले दीर्घकालीन आर्थिक वृद्धि र ऊर्जा सुरक्षामा यसको योगदान महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
अमेरिकी दुतावासले एक स्टेटमेन्टमाफत भनेको छ–‘ यो आर्थिक सहयोगले अमेरिका र नेपालबिच रहेको चिरस्थायी साझेदारी प्रतिबिम्बित गर्दछ । दशकौँसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन् । एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ ।’
एमसीसीले नेपालमा लागू भएको दुई वर्ष बित्न लाग्दा प्रभावकारी रुपमा काम भने हुन सकेको छैन् । दुवैतर्फबाट खर्च गर्ने भनेर छुट्टाइएका बजेटहरु न्युन खर्च भइरहेका छन् । यसले परियोजनाहरु समयमै सकिनेमा आशंका उब्जाउँदै आएको छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




