साविक उपविजेता सुदूरपश्चिमको विजयी सुरुवात, काठमाडौँ दोस्रो खेलमा स्तब्ध
काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) मा साविक उपविजेता विजेता सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । बुधबार बेलुकी सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिमले प्रतियोगितामा सुखद शुरूवात गरेको हो ।
जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो । काठमाडौंको लागि आकाश त्रिपाठीले ३४, जोन सिम्प्सनले २४, भीम शार्कीले १२, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन बनाए ।
सुदूरपश्चिमको लागि स्कट कुगलाइन, हेमन्त धामी र हर्मित सिंहले समान दुई÷दुई विकेट तथा इशान पाण्डे, नरेन साउद र अविनाश बोहोराले समान एक÷एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । सुदूरपश्चिमको लागि हर्मित सिंहले अर्धसतक बनाए । एक समय ७२–६ को स्थितिमा रहेको सुदूरपश्चिमलाई कप्तान दिपेन्द्र सिंह एरी र हर्मित सिंहले अर्धसतकीय साझेदारी गर्दै टोलीलाई मध्यम योगफलमा पुर्याएका थिए । हर्मितले २० बलमा ६ छक्का र २ चौकाको मद्दतमा ५३ रन बनाउँदा दीपेन्द्रले ३९ रन बनाए । यस्तै आरिफ शेखले २६ र इशान पाण्डेले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
काठमाडौंको लागि करण केसीले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिँदा मिलिन्द कुमार, सन्नी पटेल र रशिद खानले समान दुई/दुई विकेट लिए । जीतसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




