खेलकुद

कुशल मल्लको चितवन र रोहित पौडेलको लुम्बिनी भिड्दै

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन्। यो खेल बिहीबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै लिडर रोहितकुमार पौडेल हुन् भने चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन्।

पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेर दुई अंक बटुलीसकेको चितवन उच्च मनोबलका साथ मैदानमा हुनेछ भने पहिलो खेलमा शानदार खेल प्रदर्शन गर्ने रणनीतिका साथ लुम्बिनी मैदान उत्रिने छ।

चितवन

चितवन राइनोज मार्की खेलाडी कुशल मल्ल हुन्। उनले टिमको कप्तानी गर्नेछन्। टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन्। नेपाली र विदेशी खेलाडीलाई चितवनले मिलाएर लिएको देखिन्छ।

इङ्ल्यान्डका रवी बोपराले पहिलो खेलमा आफूलाई प्रमाणित गरिसकेका छन् भने सोहेल तनविरको प्रदर्शन लुम्बिनीका लागि भारी पर्नसक्छ। सैफ अली जैवसहित डेविड मलान र अल्पेस रामजानीले चितवनबाट खेल्दैछन्।

चितवनमा नेपाली चर्चित नाम रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा, गौतम केसी छन्।

लुम्बिनीको शक्ति

एनपीएल पहिलो संस्करणमा एउटा मात्र खेल जितेको लुम्बिनी यो सिजन शानदार सुरुवात गर्न चाहन्छ। राष्ट्रिय टोलीको कप्तान पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा पूर्व क्रिकेट शक्ति गौचनको विशेष प्रशिक्षण र साथ रहेको छ।

यो सिजन लुम्बिनीले अस्ट्रेलियाका ब्याटर डार्सी सटसँगै अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ। अन्य विदेशी खेलाडीमा थोमस ड्राका, नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान समेटिएका छन्।

लुम्बिनीमा कप्तान पौडेलसँगै नेपाली खेलाडी सन्दीप जोरा, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथलगायत चर्चित नाम समेटिएका छन्।

अहिलेसम्म काठमाडौँ, चितवन, विराटनगर र सुदूरपश्चिमले दुईदुई अंक जोडिसकेका छन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...