राजनीति

अवरोधकाे सामना प्रतिरोधमार्फत गरिन्छ : महेश बस्नेत

काठमाडाैँ। नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधकाे सामना प्रतिरोधमार्फत गर्नुपर्ने धारणा राख्नुभएकाे छ ।

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै बस्नतेले एमाले आलाेचना सहने भए पनि अवराेध भने नसहने बताउनुभयाे ।

एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उहाँले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको उहाँले स्पष्ट पार्नुभयाे । ‘जहाँ अवरोध, त्यहाँ प्रतिरोध भन्ने सिद्धान्तसहित हामी अगाडि बढ्छौँ’, उहाँले भन्नुभयाे ।

जेन–जी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएका घटनाले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै बस्नेतले माइतिघरदेखि एभरेष्ट होटलसम्मकाे जेन–जी आन्दोलनप्रति एमालेले निरन्तर ध्यान दिँदै आएको र ती मागलाई जिम्मेवार रूपमा सम्बोधन गर्दै जाने बताउनुभयो। तर त्यस पछिका गतिविधि अपराधिक भएकाे उहाँकाे धारणा छ ।

उहाँले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको टिप्पणी गर्नुभयो। ‘निर्दोषले न्याय पाओस्, दोषी नछुटोस्, त्यसैले निष्पक्ष छानबिन होस्,’ उहाँले आग्रह गर्नुभयो।

बस्नेतका अनुसार अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको छ । अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेका उहाँकाे बुझाइ छ ।

उहाँका अनुसार स्थिर र जनपक्षीय सरकार बन्न नसक्दा देशमा शिक्षा, पूर्वाधार र समग्र विकासका धेरै योजनाहरू प्रभावित बनेका छन्। उहाँले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्र र भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य काम भएको उल्लेख गर्दै अहिले भने ‘जलाउने र ध्वस्त पार्ने’ गतिविधि बढी भएको बताउनुभयाे ।  ‘ठूला निर्माणका काम ओलीजीको कार्यकालमै भएका थिए,’ उहाँले स्मरण गराउनुभयो।

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...