सिमरा तनावः प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान
काठमाडौं। नेकपा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको कार्यक्रममा सहभागी हुन जाने तयारीसँगै बाराको सिमरा क्षेत्रमा बुधबारदेखि सुरु भएको तनाव अझै साम्य भएको छैन। यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्नेछ।
एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधबार जेन–जेड युवाहरूले तोडफोड गरेका थिए।
त्यसपछि कर्फ्यु आदेश जारी गरिएको थियो, जुन बिहीबार राति ८ बजेसम्म लम्ब्याइएको छ। बुधवारदेखि सुरु भएको तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो।
यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा पत्र पठाउने निर्णय गरेको थियो। सुरक्षा परिषद्ले पनि सेना परिचालनबारे निर्णय गर्नुपर्ने भएकाले आजको बैठकमा त्यस विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




