फागुन २१ निर्वाचनः मंसिर २१-२७ मा मतदाता नामावली सच्याउन सकिने
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाताको उमेर कट–अफ मिति निर्धारण गरेको छ ।
आयोगका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले यस निर्वाचनमा मताधिकार प्रयोग गर्न सक्नेछन् ।
आयोगले २०८२ मंसिर २० गतेसम्म देशभरबाट सङ्कलित मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ ।
आयोगको वेबसाइटमा सार्वजनिक गरिने उक्त प्रारम्भिक नामावलीमा त्रुटि भेटिएमा सच्याउन, विरोध–उजुरी दर्ता गर्न वा दोहोरो नाम समेटिएको भए हटाउन मंसिर २१ देखि २७ गतेसम्म म्याद तोकिएको छ ।
इच्छुकले अनलाइन प्रणाली प्रयोग गरी वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थिति जनाई निवेदन, उजुरी वा सूचना दिन सक्ने व्यवस्था गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उनका अनुसार उक्त अवधिमा प्राप्त गुनासा तथा उजुरीको छानबिन गरी २०८२ पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित निर्वाचन कार्यालय तथा वडा कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।
आयोगले मतदाता नामावलीलाई त्रुटिरहित र थप सच्याउन बनाउने प्रक्रियामा आम नागरिक, राजनीतिक दल तथा सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरेको छ ।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




