राजनीति

संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको एमालेको निष्कर्ष

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले पछिल्लो बाराको सिमरालगायत घटनाले सरकारको औचित्य पुष्टि भएको र संसद पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको निष्कर्ष निकालिएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रतिशोधको बाटो हिंडेको कुरालाई सिमरा घटनाले पुष्टि गरेको बताउनुभयो। ‘सरकार निर्वाचनको वातावरण बनाउन लागेको छैन भन्ने कुरालाई, प्रतिशोधको बाटो हिंडिरहेको छ भन्ने निष्कर्षलाई सिमरा घटनाले पुष्टि गरेको छ,’ उहाँले भन्नुभयो।

उहाँले निर्वाचनको वातावरण बनाउनुपर्नेमा नेताहरूलाई निषेधित गर्ने, स्थान हद तोक्ने, सभा बिथोल्ने कार्य जायज नभएको बताउनुभयो।  ‘नेताहरूलाई निषेधित गर्ने, स्थान हद तोक्ने, कार्यक्रम बिथोल्नेजस्ता कार्यले सरकार निर्वाचनको वातावरण होइन, निषेधलाई अगाडि बढाइरहेको प्रमाणित हुन्छ। यसले प्रतिनिधिसभा पुनर्स्थापनाको सान्दर्भिकता बढेर गएको छ,’ उहाँले भन्नुभयो।

 

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...