राजनीति

लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा दीपक श्रेष्ठलाई नियुक्ति

काठमाडौं।सरकारले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्ति गरेको छ।

शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो। बैठकपछि सरकारका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश उर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको सातौं बैठकमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवि चटौत नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको बताउनु भयो ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...