अन्तर्राष्ट्रिय

इण्डोनेसियामा पहिरोमा परी १० जनाको मृत्यु, १८ बेपत्ता

इण्डोनेसियाको मध्य जाभा प्रान्तको एक आवासीय क्षेत्रमा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ । अन्य १८ जना अझै बेपत्ता छन् । विपद् न्युनिकरण एजेन्सी बीएनपीबीकाअनुसार पान्डानारुम जिल्लाको पान्डानारुम गाउँमा पहिरो गएको दिनहरूमा भएको भारी वर्षापछि मृत्यु भएको हो ।

बिहीवर सात जनाको शव फेला परेको थियो । जसबाट पुष्टि भएको मृत्युको कुल संख्या १० पुगेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताउनु भयो । मुहारीले लामो समयसम्म वर्षा, ठूला मुहानहरूको उपस्थिति र वरपरका पहाडहरूमा अवस्थित चिराहरूले माटोको तहलाई कमजोर बनाएको बताउनु भयो ।

स्थानीय अधिकारीहरूले उल्लेखनीय क्षतिको रिपोर्ट गरेका छन् । जसमा ४८ घरहरू ध्वस्त वा भत्किएका छन् र १९५ जना प्रभावित छन् ।राष्ट्रिय खोज तथा उद्धार एजेन्सी बसर्नास, सेना, प्रहरी, स्थानीय विपद् व्यवस्थापन एकाइहरू र स्वयंसेवकहरू लगायत धेरै एजेन्सीहरूका ७ सय भन्दा बढी कर्मचारीहरू यस क्षेत्रमा खटिएका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...