अर्थ

मन्त्री घिसिङद्वारा वागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाईका विषयमा जानकारी

काठमाडौँ। शहरी विकासमन्त्री कुलमान घिसिङले वागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाईका विषयमा जानकारी लिनुभएको छ ।

मन्त्री घिसिङले शनिवार बिहान वागमती नदी करिडोरअन्तर्गत गुह्ेश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गर्नुभएको हो। जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ । ढल मर्मत हुन नसक्दा त्यस क्षेत्रको सडक पनि बिग्रिएको छ ।

ढल तथा सडक मर्मतका लागि ठेक्का लगाइएको भएपनि काम सन्तोषजनक छैन । मन्त्री घिसिङले मर्मत कार्यको जानकारी लिँदै एक महिनाभित्र सक्ने गरी जनशक्ति थप गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

नदी सफा भएमा मात्र शहर सफा हुने भन्दै उहाँले वागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम उच्च प्राथमकितामा राखी सोही बमोजिम काम अगाडि बढाइएको बताउनु भयो । गुह्ेश्वरी–गोकर्ण खण्डका नदी करिडोरको किनारमा बेवारिसे अवस्थामा रहेका सवारी साधान हटाइएको छ ।

नदीमा फालिएको फोहोर र त्यहाँ रहेको लेदो हटाउन शुरु गरिएको छ । सबै फोहोर हटाएर त्यस क्षेत्रमा रहेको चेक बाँधलाई सञ्चालनमा ल्याएर सानासाना तलाउ बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी काम भइरहेको मन्त्री घिसिङले उल्लेख गर्नुभयो । हाल चेक बाँध बनाइएको तर नदीमा फोहोर र लेदो जम्मा हुँदा प्रयोगमा आउन सकिरहेको छैन ।

सम्बन्धित समाचार

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...