समाचार

सप्तरीमा मोबाइल चोरीको घटना : एक महिलासहित चार पक्राउ

सप्तरी। सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा भएको कुटपिटबाट एक युवकको ज्यान गएपछि प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।

राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेशकुमार यादवको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले विष्णुपुर गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सरोकुमारी साह, राजविराज नगरपालिका १६ बोरियाका १७ वर्षीय दिनेश ठाकुर, १४ वर्षीय छोटु भन्ने रवीन्द्र ठाकुर र २५ वर्षीय सन्तोष राउतलाई पक्राउ गरेको हो ।

बुधबार सरोकुमारी साहले मोबाइल चोरीको आरोपमा यादवलाई लठ्ठीले कुटपिट गर्दा उहाँको घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते हुनुभएको थियो ।

घाइते यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइ त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएकोमा शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानको क्रममा आरोपी कुमारी साहसहित थप तीनजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

मृतक यादव र साहसहित पक्राउ परेका चारैजना हाल राजविराज नगरपालिका वडा नम्बर १६ बोरिया लवटोलीमा बस्दै आउनुभएको थियो ।

सम्बन्धित समाचार

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...

बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार...