विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य
काठमाडौं । शीर्षक्रमका ब्याटर धरासायी बनेपछि मध्यक्रमका ब्याटर मोहम्मद आदिल आलमले अन्तिम ओभरतिर आक्रमक ब्याटिङ गर्दा नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्ससामू काठमाडौं गोर्खाजले १३६ रनको मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।
प्रतियोगिताको छैटौं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै मात्र १३५ रन बनाउन सक्यो ।
काठमाडौंका लागि आलमले २५ बलमा चार चौका र दुई छक्कासहित ४८ रनको अविजित पारी खेले । त्यस्तै स्कोरबोर्डमा एक रन पनि जोड्न नपाउँदै ओपनर आकाश त्रिपाठीलाई गुमाएको काठमाडौंका लागि अर्का ओपनर बेन चाल्र्सवर्थले ३२ रनको योगदान गरे ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




