खेलकुद

काठमाडौंमाथि विराटनगरको सानदार जित

काठमाडौं। विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ । विराटनगरले लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमान्डुले प्रस्तुत गरेको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

विराटनगरको जितमा ओपनर जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए । उनले १६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । मार्टिन गप्टिलले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

यी दुईले २१–१ को स्थितीबाट दोस्रो विकेटका निम्ति ५३ रनको साझेदारी गर्दै विराटनगरलाई जित नजिक डोहोर्याएका थिए । बसिर अहमेदले १७ बलमा एक चौका र एक छक्कासहित १९ रन जोडे । नरेन भट्टले २४ र ओपनर लोकेश बमले १० बलमा दुई छक्कासहित १४ रन बनाए ।

काठमान्डुका साहब आलमले दुई विकेट लिए । उनले चार ओभरमा १९ रनमात्र खर्चिए । कप्तान करण केसी, गेरहार्ड इरास्मस र सन्तोष यादवले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो ।

काठमान्डुका अलराउन्डर आदील आलम अन्सारी सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

सन्तोष यादवले ३४ बलमा एक छक्कासहित २६ रन बनाए । आदील र सन्तोषले ५६–५ को नाजुक स्थितीबाट ४५ रनको साझेदारी गर्दै काठमान्डुलाई सम्मानजनक स्कोरसम्म पूर्याएका थिए ।

ओपनर बेन चाल्र्सवर्थले ३३ बलमा एक चौका र दुई छक्कासहित ३२ रन जोडे । गेरहार्ड इरास्मसले १० रन थपे । काठमान्डुका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

त्यसअघि काठमान्डुले ओपनर आकाश त्रिपाठीलाई शून्य, रिकार्डो भास्कोन्सेलोसलाई तीन र प्रतिक श्रेष्ठलाई दुई रनमा गुमाएको थियो ।

काठमान्डुलाई मध्यम योगफलमा रोक्न विराटनगरका मर्चेन्ट डी लाङ्गेले दुई विकेट लिए । चार ओभरमा उनले १७ रनमात्र खर्चिए । सूर्य तामाङ, सुभम रन्जाने र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।

प्रतियोगितामा काठमान्डुको यो तेस्रो र विराटनगरको दोस्रो खेल हो । लगातार दुई जितसँगै विराटनगरले चार अंक जोडेको छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।

यता, तीन खेलमा दोस्रो हार बेहोरेको काठमान्डुले भने दुई अंकमात्र जोडेको छ । यसअघि काठमान्डुले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो खेलमा भने काठमान्डु सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...