समाचार

महानगरभित्रका २ हजार ८३ सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ। काठमाडौं महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ । पशुकल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा वन्ध्याकरणको काम भइरहेको हो।

कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेकाअनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ ।’ न्यौपानेले भन्नुभयो, ‘प्रक्रियामा पशुहरुलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई वन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’

अपरेसनपछि समुदायमा पुनःस्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु भएको छ । कृषि तथा पशुपंक्षी विभागका पशु चिकित्सक डा। पूजा खनालकाअनुसार काठमाडौं पशु उपचार केन्द्र (क्याट सेन्टर) ले वडा नं। १६ मा ५६४ वटा र वडा नं। १५ मा ७८ वटा, एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक) ले वडा नं। ११ मा ७४ वटा र वडा नं। २८ मा १० वटा, मण्डला भेटिरिनरी अस्पतालले वडा न। ६ मा १७८ वटा, वडा नं। १० मा १५८ र वडा नं। ३२ मा ३४४ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।

स्नेहाज केयरले वडा नं। १२ मा ६२ वटा, वडा नं। १३ मा १०१ वटा र वडा नं। १४ मा १५६ वटा तथा पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपीसीए नेपाल) ले वडा नं १ मा ६२ वटा, वडा नं। ३ मा १३६ वटा र वडा नं। ४ मा १६० वटा गरी २ हजार ८३ कुकुरको वन्ध्याकरण गरिसकेका छन् ।

सामुदायिक कुकुरको वन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति २०८२ कार्तिक १३ गते सम्झौता गरी कार्तिक १४ गतेबाट नै कार्य गर्न महानगरले कार्यादेश दिएको हो ।

सम्बन्धित समाचार

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...

सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा। झापास्थित कचनकवल गाउँपालिका–४ मा सवारीसाधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ। जिल्ला प्रहरी...