राजनीति

संविधान संशोधन नगरी संघीयता सफल हुँदैनः मुख्यसचिव अर्याल

काठमाडौँ। मुख्यसचिव एकनारायण अर्यालले संघीयताको सात वर्षमा देखिएका प्रशासनिक जटिलता र सेवा प्रवाहको असफलता हटाउन संविधान संशोधन अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको “वित्तीय स्रोत व्यवस्थापन तथा प्राकृतिक स्रोतको उपयोग” विषयक छलफल कार्यक्रममा उहाँले संविधान रिजिड डकुमेण्ट नभएको भन्दै भारतमा जस्तै आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिनुभएको हो।

उहाँले प्राकृतिक स्रोतको अन्तरप्रवाह प्रकृतिका कारण साझा अधिकारमा समन्वय, सहकारिता र सह–अस्तित्वको सिद्धान्तलाई अनिवार्य बनाउनुपर्ने बताउनुभयो। सेवा प्रवाहमा देखिएको डुप्लिकेसनले जनतालाई दैनिक दुःख भइरहेको बताउनु भयो । कार्यविस्तृतीकरण प्रतिवेदनको दोस्रो खण्ड २०८० फागुनमै तयार भएर पनि मन्त्रीपरिषद्मा अलपत्र परेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन हुँदै जाँदा अनुसूची ५ देखि ९ सम्ममा स्पष्टताको आवश्यकता देखियो। प्राक्टिसले पुष्टि गरिसक्यो । कतिपय फङ्सन संघमा राख्दा राम्रो हुन्थ्यो, कतिपय स्थानीय तहमा एकल अधिकारको रूपमा राख्दा राम्रो हुन्थ्यो। जनताको डिमाण्ड पनि त्यही छ । उत्तरबाट दक्षिण बग्ने नदी, सोलुखुम्बुको मूल तल आउँछ तर तल्लो तहले प्रयोग गर्न दिँदैन । यस्तो कम्प्लेक्सिटीमा हाम्रो आफ्नै विशेषता छ । कृषि वा पशु सेवा चाहिएमा ज्ञान केन्द्र कि स्थानीय तह भन्ने दोधार छ । उद्योग खोल्न तीन तह धाउनुपर्छ । यो जनतालाई दुःख दिने संविधान भयो कि भन्ने प्रश्न उठिसक्यो । संविधान संशोधन भयो भने मात्र अनुसूचीहरू रिफाइन हुन्छन्। त्यसपछि बलियो अम्ब्रेला ऐन बनाउन सजिलो हुन्छ । दुवै भयो भने ६०–७० प्रतिशत समस्या आफैँ हल हुन्छ । अब सुधारको शाहस गर्न ढिला भइसक्यो । संविधान संशोधनबिना संघीयता संरचनामा मात्र सिमित रहन्छ ।’

मुख्यसचिव अर्यालले राजनीतिक नेतृत्वले यो विषयलाई प्राथमिकतामा नराखेकोमा गुनासो गर्नुभयो । अब सुधारको शाहस गर्न ढिला भइसकेको भन्दै संविधान संशोधनबिना संघीयता संरचनामा मात्र सिमित रहने बताउनु भयो ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...