राजनीति

जसपाबाट विभाजित श्रेष्ठ समूहले मंसिर ११ मा नेकपासँग एकता गर्ने

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र जसपा राजेन्द्र श्रेष्ठ नेतृत्वको समूहबिच मङ्सिर ११ गते एकताको औपचारिक घोषणा हुने भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नेकपा र साे समूहबिच एकता घाेषणा हुने भएकाे हाे ।

एकताको घोषणासभा यसअघि तय भएकोमा पूर्वनिर्धारित कार्यक्रम एक दिन पर सारिएको जसपाका नेता दुर्गा सुवेदीले जानकारी दिनुभयो । यसअघि एकता घोषणासभा मङ्सिर १० गतेका लागि तोकिएको थियो ।

देशभरका नेता एवं अगुवा कार्यकर्ताले आफूहरू पनि घोषणासभामा सहभागी हुन पाउनुपर्ने माग गरेपछि कार्यक्रम एकदिन पछि सारिएको सुवेदीले बताउनुभयो ।

सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिनको १ बजे सुरु हुनेछ । एकता सभाकाे तयारीका लागि मङ्सिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिएको छ।

एकता समारोहमा नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएकाे छ । आइतबार अशोक राई नेतृत्वको जसपाबाट श्रेष्ठलगायत ६ नेताहरू नेपाली कम्युनिष्ट पार्टीतिर लाग्नुुभएको थियो।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...