महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताउनुभएको छ । मंगलवार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो।
प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताउनु भयो । उहाँले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गर्नुभयो।
प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पार्नुभयो। आफू सरकारमा आएको करिव २ महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरुलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उहाँको दाबी थियो। प्रधानमन्त्री कार्कीले महिलाहरुको उपदेयता हुने ठाउँमा उनीहरुलाई नियुक्त गरेर अघि बढने बताउनु भयो । उहाँले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताउनुभयो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्दछ। हर मुलुकको आफ्नै परम्परा हुन्छ । मुख्य कुरा महिलामाथि हुने हिंसाको अन्त्य हुुन्छ। हिंसाले मानसिक चोट ल्याउँछ। मानसिक चोट भएपछि मान्छेलाई डिप्रेशन हुन्छ। महिलामाथि प्रताडन गर्दागर्दा उसको डिप्रेशन जस्तो नै आएको हुन्छ । एक दिन उसले लोग्नेलाई नै सिध्याइदिन्छ। जसले डिप्रेशन गरेको थियो । चाहे प्रेमी होस्, चाहे श्रीमान होस् । उसैलाई सिध्याउँछ। त्यसको कारक तत्व मर्ने मान्छे आफैँ हुन्छ । जसले त्यो महिलालाई सताईराखेको हुन्छ। त्यस्ता व्यवहारहरु हुन्छ हाम्रो समाजमा। यसको अन्त्य गर्नुपर्छ । मुख्यकुरा छोराछोरीबीच भेदभाव गर्नु भएन। अहिले मानिसहरुको दुई वटा छोराछोरी हुन्छन् वा एउटा । भेदभाव गर्नु भएन। गरिवी छ के को भेदभाव । त्यसैले पहिले गरिवी निवारण गर्नुप¥यो नि त । शिक्षा पनि दिनु प¥यो । समाजमा चेतना पनि ल्याइदिनुप¥यो । रोजगारी सृष्टि गर्नुप¥यो । हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको रोजगारी नपाएर विदेश जानु र सबैभन्दा ठूलो ट्रबल भनेको विदेशमा गएर महिलाहरु प्रताडित हुनु । हिंसाको शिकार हुनु । अहिलेको जेन—जीको मोभमेन्टले त्यही त भनेको हो नि । सारा मानिसहरु रोजगारी नपाएर विदेशमा गएर बाध्य भएर बस्नुपरेको छ । हो त्यसको अन्त्य गर्नुप¥यो । मुलुकमा त्यसको लागि गर्ने उनीहरुको माग के हो भन्दा भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारले पनि मानिस प्रताडित हुन्छ । सुशासन हुनुप¥यो । त्यसले महिलाहरुलाई राम्रो गर्छ । महिलाहरुले पनि रोजगारी पाउँछन् । म अहिले क्षणिक रुपमा एक, दुई महिना कति भएको छ । नियुक्ति गर्दा महिला कहाँ छन् भनेर मैले खोज्ने गरेको छु । तर क्रमिक रुपमा पुरुष फस्र्ट रोमा छ र उसले जिन्दगीभर मेहनत गरेर त्यो ठाउँमा पुगेको छ भने उसलाई पनि चित्त दुखाउने त होइन । जो पहिलो नम्बरमा आउँछ, उसैलाई प्रमोशनमा पहिलो प्राथमिकता दिने गरेका छौँ । तर जहाँनिर महिलाको ठाउँ छ, स्थान छ । नियुिक्त हुनेकुरा छ भने त्यहाँ पनि हामीले प्रश्रय दिएका छाँै। अबका दिनमा पनि हामी भेटेसम्म प्रयास गर्छौं । यतिखेर हामीले नै बसेर महिलालाई प्रोत्साहन गरेनौँ भने त गाह्रो पर्छ, कठिन हुन्छ । एउटा भन्नेकुरा पनि आउँछ । किन गरेन भन्ने आउँछ । तर जहाँनि महिलाको उपदेयता छ । जहाँनिर महिलालाई अग्रणी खण्डमा ल्याउन सकिन्छ । त्यहाँ हामी महिलालाई प्रश्रय दिन्छौँ ।’
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यका लागि गरिवी निवारण र समाजलाई जगाउने कुरालाई निनन्तर अघि बढाउन आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




