राजनीति

ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौं। एमालेको आगामी ११ औँ महाधिवेशनका लागि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

पोखरेलले मंगलबार लामो वक्तव्य जारी गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो।

उहाँले उम्मेदवारी घोषणा गरिएको वक्तव्यमा भन्नुभएको छ, `जीवनका उचारचढावहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन। यो नै मैले आर्जन गरेको नैतिक बल हो। शक्तिमा होइन, म विधि, समन्वय, सामूहिकता र सहकार्यमा विश्वास राख्छु। पार्टी निर्माणसम्बन्धी माथि उल्लिखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।’

पोखरेल २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनबाट महासचिव निर्वाचित भएका हुनुभएकोफहो।

नवौंमा पनि महासचिव निर्वाचित भएका पोखरेल दसौंपछि भने वरिष्ठ उपाध्यक्ष बन्नुभएको थियो।  उहाँलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ छ। यसअघि उहाँले भण्डारीकै उपस्थितिमा सार्वजनिक सभामार्फत उम्मेदवारी घोषणा गर्ने भनिए पनि वक्तव्यमार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...