खेलकुद

निरजकुमारको शतकमा नेपालले एसीसी यु-१९ प्रिमियर कपमा विजयी सुरुवात

काठमाडौं। निरजकुमार यादवको शतकमा नेपालले एसीसी यु-१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । नेपालले साउदी अरेबियाविरुद्ध आठ विकेटको सहज जित निकाल्यो ।

यूएईको अज्मनस्थित कारवान क्रिकेट मैदानमा साउदीले प्रस्तुत गरेको २१९ रनको लक्ष्य नेपालले ३४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि निरजले ९० बलमा १३ चौका र एक छक्काको मद्दतले सर्वाधिक ११४ रनको योगदान गरे । यसैगरी निश्चल क्षेत्रीले ७३ बलमा पाँच चौका र एक छक्कासहित अविजित ६६ र वंश क्षेत्रीले ३३ रन बनाए ।

निरजले तेस्रो विकेटका लागि निश्चलसँग १५५ तथा पहिलो विकेटका लागि वंशसँग ६३ रनको साझेदारी गरेका थिए । साउदीका लागि हाशिर अहमद सज्जाद र मोहम्मद जुबेर सुनसराले एक एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।

साउदीका लागि मोहम्मद जुबेर सुनसराले ४८, मोहम्मद रेहान सिद्दीकीले ४१, ओमैर अहमद वहाबले ३९, माज्दीले २५, कप्तान रायन खानले १७ र हाशिर अहमद सज्जादले १६ रन बनाए।

नेपालका लागि अशोक धामीले दुई तथा दयानन्द मण्डल, सुशीलबहादुर रावल, दर्श सोनार र कप्तन सिब्रिन श्रेष्ठले एक एक विकेट लिए ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...