साफ महिला च्याम्पियनसिप : इन्डोनेसियाविरुद्ध मैदानमा उत्रदै नेपाल
काठमाडौँ। साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपाल बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली इन्डोनेसियाविरुद्ध मैदान उत्रिँदैछ।
योग्यकार्तास्थित मागुवोहर्जो रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे हुनेछ । नेपाल र इन्डोनेसिया अहिलेसम्म एकपटक मात्र आमने–सामने भएका छन्।
सन् २०१९ मा म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २-१ ले हराएको थियो। खेलमा दुवै गोल स्ट्राइकर साबित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।
तर, यसपल्ट नेपालले साम्बाबिना नै इन्डोनेसियासँग खेल्नेछ। अस्ट्रेलियन लिग खेल्नेक्रममा उनले घुँडाको चोट बोकेकी थिइन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




