राजनीति

विवेकशील साझा र रास्वपाबीच एकता हुने

काठमाडौँ। विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकीकरण हुने भएको छ। बुधबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको हो।

पार्टी उपाध्यक्ष एवं समितिका संयोजक प्रकाशचन्द्र परियारले पेस गरेको वैकल्पिक राजनीतिक दलबीचको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्तावलाई’ केन्द्रीय समिति बैठकले अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको हो।

उपाध्यक्ष परियारले वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता महसुस भइरहेको बेला जेनजी विद्रोहले विवेकशील र रास्वपाबीचको एकीकरणलाई तीब्र बनाएको बताउनुभयो।

उहाँले पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको समझदारीमा चाँडै सहमतिमा टुंग्याइने जानकारी दिनुभयो।

उपाध्यक्ष परियारका अनुसार एकीकरणको घोषणा आगामी आइतबार राष्ट्रियसभा गृहमा हुनेछ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...