खेलकुद

सावित्राबिनाको नेसन्स कपमा नेपाल घरेलु टोली इन्डोनेसियासँग हार

काठमाडौं। सावित्रा भण्डारी साम्बाबिनाको नेपालले थ्री नेसन्स कपमा घरेलु टोली इन्डोनेसियासँग हार बेहोरेको छ।

योग्यकार्तास्थित मागुवोहर्जो रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल २–१ ले पराजित भएको हो।

अस्ट्रेलियन लिग खेल्नेक्रममा साम्बा घाइते भएकी थिइन्। उनीबिनै खेलको नेपालले लोभलाग्दो अट्याक गर्न सकेन।

नेपालले एक गोल पनि उपहारस्वरुप पाएको थियो। खेलको २०औं मिनेटमा अनिता बस्नेतले प्रहार गरेको कर्नर बललाई डिफेन्डर विमला विकले फितलो हेडर गरेकी थिइन्। तर, उक्त हेडर बचाउने क्रममा इन्डोनेसियाली डिफेन्डर भीभीले आफ्नै पोस्टमा गोल गर्न पुगिन्।

तर, दोस्रो हाफमा इन्डोनेसियाले खेलमा सानदार पुनरागमन गर्‍यो। ५८औं मिनेटमा इन्डोनेसिया खेलमा फर्कियो। कर्नरबाट आएको बललाई गोलकिपर अञ्जना रानामगरले पञ्चिङ गर्दै बचाउने प्रहार गरेकी थिइन्। तर, उनले फितलो बचाउ गर्दा इन्डोनेसियाले खेलमा फर्किने अवसर पायो।

अनमार्क रहेकी कप्तान गेअ युमान्डाले अञ्जना अगाडि बढेको अवस्थामा सहजै गोल गरिन्।

६७औं मिनेटमा नेपालले पुन: गोल खायो। इन्डोनेसियाका खेलाडीको पहिलो प्रहार अञ्जनाले बचाएकी थिइन्। तर, राम्रोसँग क्लियर हुन सकेको बललाई उया अलले गोल गरिन्। योसँगै इन्डोनेसियाले २–१ को संघर्षपूर्ण जित हात पार्‍यो।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...