प्रधानमन्त्री कार्कीको सचिवालयमा १४ जना हटाइए, अब ६ जना मात्रै
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको जनाएको हो। अब कार्कीको सचिवालय ६ सदस्यीय भएको छ।
अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहनुभएको छ।
विवादित प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कार्कीको सचिवालयमा कायम रहनुभएको छ। उहाँकी श्रीमती संगीता श्रेष्ठ हटाइनुभएको छ। जेनजी आन्दोलनको प्रतिनिधिका रूपमा सचिवालयमा परेकाहरूलाई समेत प्रधानमन्त्री कार्कीले हटाउनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




