उखुको मूल्य प्रतिक्वीन्टल ७५० रुपियाँ कायम गर्न माग
सर्लाही। किसानले यो वर्ष उखुको प्रतिक्वीन्टल मूल्य ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । उखु उत्पादक कृषकले कृषि तथा पशुपन्छी विकास मन्त्री डा। मदनप्रसाद परियारलाई भेटेर यस वर्ष २०८२/८३ को क्रसिङ सिजनमा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ७५० रुपियाँ निर्धारण गर्न माग गरेका हुन् । सरकार, उद्योगी र किसानको त्रिपक्षीयसहमति अनुसार उखुको मूल्य तोक्नुपर्ने कृषकको माग रहेको छ।
सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी र कञ्चनपुर जिल्लाका अगुवा उखु कृषकले कृषि मन्त्री परियारलाई भेटेर ज्ञापन पत्रसमेत बुझाएका छन् । उखु किसानले गत वर्ष २०८१र८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्वीन्टल ३५ रुपियाँका दरले भुक्तानी पाउन बाँकी रहेकाले उक्त अनुदान रकम मङ्सिर १३ गतेभित्र भुक्तानी गर्न माग गरेका छन् ।
गत वर्ष सरकारले उखुको मूल्य निर्धारण गर्दा किसानलाई चिनी मिलले प्रतिक्वीन्टल ५८५ रुपियाँ र सरकारले अनुदान बापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो तर सरकारले अनुदान रकम कोषा तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा पठाउँदा प्रतिक्विन्टल ३५ रुपियाँका दरले मात्रै निकासा गरेको थियो । बाँकी ३५ रुपियाँ भुक्तानी माग्दै किसानले आ–आफ्नो जिल्ला तथा सङ्घीय राजधानी काठमाडौँसमेत पुगेर आन्दोलन गरिसकेका छन्।
अब यो वर्षको उखु क्रसिङका लागि चिनी मिल सञ्चालन हुने समय भएसँगै किसानले पुरानो अनुदान रकम भुक्तानी दिन र यो वर्षको लागि मूल्य तोक्न माग गरेका हुन् । उखु उत्पादक महासंघ नेपाल सर्लाहीका अध्यक्ष श्यामबाबु रायले मङ्सिर १३ गतेसम्म गत वर्षको अनुदान रकम भुक्तानी नपाए आन्दोलनमा उत्रने तयारी गरिएको जानकारी दिनुभयो ।
रायले माग पूरा नभए मङ्सिर १४ गतेदेखि सर्लाहीको हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम सुरु गर्ने बताउनुभयो। उखुको मूल्य निर्धारण गराउन किसानले वर्षेनि आन्दोलन गर्दै आइरहेका छन् ।
सरकारले गत वर्षको अनुदान रकम आधा मात्रै भुक्तानी गरेको र यो वर्षदेखि अनुदान रकम नै कटौति गरेपछि उखु किसान असन्तुष्ट रहेका छन्। बारम्बार ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएपछि अब आन्दोलनको तयारी भइरहेको अगुवा उखु किसान एवम् गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले बताउनुभयो।
ताजा अपडेट
-
१.
अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्याली
-
२.
टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द
-
३.
सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते
-
४.
इरानबाट १८ चिनियाँ नागरिकको उद्धार
-
५.
अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद
भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र...
पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आम सर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी...
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...




