अर्थ

सामाजिक सुरक्षा कोषले गर्‍यो १२६ अर्ब रकम लगानी

काठमाडौँ। सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ ।  सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिनुभयो । आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उहाँले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताउनु भयो ।

कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतीमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा, १ अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरेको जानकारी दिनुभयो । त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ । योगदानकर्ता सापटि अन्तर्गत कोषले वार्षिक ५।२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५।८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताउनु भयो।

कार्यकारी निर्देशक अधिकारीले भन्नुभयो– ‘योगदानकर्ता सापटि अन्तर्गत कोषले वार्षिक ५।२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५।८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने गरेको छ । योग्य योगदानकर्तालाई सहुलियतपूर्ण सापटी लिन समेत आग्रह गर्दछु । बैंकिङ क्षेत्रमा अधिक तरलताका कारणले प्रभावकारी रुपमा लगानी गर्न सकिएको छैन । यो अल्पकालिन चुनौती हो । कोषको योजनाको प्रभावकारी कार्यान्वयन मार्फत वार्षिक १ खर्बसम्म संकलन गर्नसक्ने र त्यो रकमलाई राज्यको पूर्वाधार निर्माणमा लगाउन सकिने सम्भावना छ । वैदेशिक क्षेत्रको नियमितता गर्नु, अनौपचारिक क्षेत्रको सहयोगदानको सुनिश्चितता गर्दै आवद्धता गर्नु कोषको चुनौती हो ।’
अधिकारीकाअनुसार कोषमा श्रमिकहरुको आवद्धताका लागि ११४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताउनु भयो । केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...